चेतनको गीतमा लिपुलेक कालापानी,यसरि गरे भारतको बिरोध (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: यति बेला भारतले नेपालको सिमाना मिचेको बिषयले व्यापकता पाई रहेकोछ। केहि दिन अघि भारतीय सरकारले नेपालको भुमि आफ्नो नक्सामा समाबेश गर्दै आफ्नो नक्सा सार्बजनिक गरेको थियो । लिपुलेक कालापानी क्षेत्रलाइ भारतले आफ्नो नक्सामा समाबेश गरेपछि नेपाली जनताहरु त्यसको बिरोध गरि रहेका छन् ।

सिमानाको बिषयमा गीत मार्फत पनि बिरोध गर्ने अभियान चलेको छ । यसै क्रममा गायक तथा संगीतकार चेतन सापकोटाको संगीतमा ‘कालापानी’बोलको गीत सार्बजनिक गरिएको छ।

नेपाली सीमा क्षेत्रमा छिमेकी देशले हेपाहा प्रवृत्तिले हेप्न खोजेका संकेत गर्दै गीतमा भनिएको छः

सिमानामा हाम्रो माटो मिच्न नखोज
छिमेकीलाई जथाभावी थिच्न नखोज

लिम्पियाधुरा, लिपुलेक, कालापानी माथि
तिम्रो दुष्ट पाइलाहरू अब, टेक्न नखोज।

ज्ञानेन्द्र गदालको शब्द रहेको गीतमा यम बराल र रिता गुरागाईंको स्वर रहेको छ । मदन घिमिरेले छायांकन गरेको भिडियोलाइ चेतन सापकोटाले निर्देशन गरेका हुन् । भिडियोमा दिपकराज गिरि,दीपा श्री निरौला,बसुन्धरा भुषाल,निर शाह लगाएत थुप्रै कलाकारलाई समाबेश गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.