‘माछा माछा’ को आइटम गीतमा सौगात र सृस्टीको ठुम्का (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: सौगात मल्ल स्टारर चलचित्र ‘माछा माछा’को गीत सार्बजनिक गरिएको छ । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको आइटम गीत सार्बजनिक गरिएको हो । ‘म्याडम म्याडम’ बोलको सार्बजनिक गीतमा स्वर तथा संगीत अनुपम शर्माको छ । तीन जना गाउँले युवकहरुले शहरिया जीवन स्थापित गर्न लागिपरेको संघर्षको कथामा सौगातसँगै विजय बराल र अनोज पाण्डे मुख्य भूमिकामा छन् । सार्बजनिक गीतमा सौगात मल्लको साथमा सृस्टी श्रेष्ठ फिचर्ड छिन् ।

सुनिल गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा माओत्से गुरुङ, प्रविण खतिवडा, सरिता गिरी, भोलाराज सापकोटा, पुस्कर गुरुङ, कमलमणि नेपाल, धुर्व कोइराला, बसन्त भट्टलगायतका कलाकारको अभिनय छ । रामबाबु गुरुङ र दयाहाङ राईको लगानी रहेको चलचित्रमा शिवराम श्रेष्ठको छायाँकन, अनुपम शर्माको संगीत, निमेष श्रेष्ठको सम्पादन र प्रविण सिंहको कोरियोग्राफी छ ।

सिनेमा आर्टको प्रस्तुतिमा नौमती इन्टरटेनमेन्टले चलचित्र निर्माणमा सहकार्य गरेको छ । मणिराम पोखरेलको कार्यकारी निर्माण रहेको चलचित्रमा ओम चन्द रौनियार र अर्जुन कार्कीको सह-लगानी छ । चलचित्र मङ्सिर २० गते बाट सार्बजनिक प्रदर्शनमा छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.