‘नगासें बहिनि टिपेर माला’ भन्दै ओम प्रकाश (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: हिन्दुहरुको दोश्रो महान चाड दिपावली नजिकिए संगै देउसी भैलो गीत बज्न सुरु भएको छ । नेपाली चाड पर्व संगै चाड बाड बिसेष गीत संगीतले पनि स्थान पाउने गरेका छन् । ओम प्रकाश राईको स्वर तथा संगीतमा तिहार गीत ‘नगासें बहिनि टिपेर माला’ यु ट्युबमा गत वर्ष सार्बजनिक भएको हो । यस बर्ष पनि तिहारमा यो गीतले विभिन्न ठाउंमा स्थान पाई रहेको छ । आर.डि.थापाको मार्मिक शब्द रहेको गीतको भिडियोमा प्रदिप सापकोटा र वर्षा रसाइली फिचर्ड छन् । गीतमा दिनेश राजबाहकको संगीत संयोजन रहेको छ । अजय गोलेले छायांकन गरेको भिडियोलाइ ललित सिंह साउदले सम्पादन गरेका छन् । भिडियो ओम प्रकाश राइले निर्देशन गरेका हुन् । ओशियन म्युजिक नेपालको यु ट्युब च्यानल मार्फत भिडियो सार्बजनिक गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.