अस्मिताको नयाँ गजल ‘त्यो जुनली रात’ सार्वजनिक(भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौं: नेपाल आइडलको यात्रापछि नेपाली स्रोतामाझ प्रिय बनेकी गायिका अस्मिता अधिकारीको आवाजमा नयाँ गजल ‘त्यो जुनेली रात’ सार्वजनिक गरिएको छ। गजलमा गजलकार सुरेश वाग्लेका शब्द, अर्जुन पोखरेलको सङ्गीत सुन्न सकिन्छ।

गजलको सार्वजनिक भिडियोमा गायिका अधिकारी स्वयंको अभिनय रहेको छ। भिडियोमा अस्मितासँगै देखिएका छन् पुस्कर कार्की। निकेश खड्काको निर्देशनमा बनेको भिडियोमा अस्मिता र पुस्करको प्रेमिल यात्रा प्रस्तुत छ। गजलमा गोपाल रसाइलीको सङ्गीत संयोजन रहेको छ ।

अस्मिताले गजल सार्वजनिका सन्दर्भमा बोल्दै मिठो शब्दले भरिएको गजलसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन्। स्वरसँगै गजलको दृष्य सामाग्रीको पनि अङ्ग बन्न पाएकाले गजल प्रतिको उत्साह झनै थपिएको बताउदै अस्मिताले यसलाई दर्शक स्रोताले माया गर्नेमा विश्वास व्यक्त गरिन्।

यस्तै भिडियोका निर्देशक निकेश खड्काले गजलको भाव अनुरुप नयाँ साङ्गीतिक कोशेली बजारमा आएकाले दर्शकको साथ पाउनेमा ढुक्क रहेको सुनाए। गजलमा जति मिठो शब्द सङ्गीत भरिएको छ, त्यती नै मिठास अस्मिताको स्वरमा रहेको र उनै अस्मिता र पुस्करको अभिनयले यसलाई अझ मजबुत बनाएको निकेशको भनाई छ। सार्वजनिक भिडियोमा बुद्ध थापाको क्यामेरा तथा विकास धमलाको सम्पादन छ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.