कोशिश र अन्जलिको ‘माया पिरिम’फर्स्ट लुक पोस्टर सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: चलचित्र ‘माया पिरिम’को फर्स्ट लुक पोस्टर सार्बजनिक गरिएको छ। नामले नै माया पिरिमको कथा जस्तो लाग्ने चलचित्रले लव स्टोरी कथा बोल्नेछ। टेक पौरखी राईको निर्देशनमा बनेको चलचित्रको कथा सबिन अधिकारीले लेखेका हुन्। प्रविन थापा र सबिन अधिकारीको निर्माणमा बनेको चलचित्रमा सागर बस्नेत र कोषराज दाहाल कार्यकारी निर्मातामा रहेका छन्। ‘माया पिरिम’ मा मोहन मरासैनी र युवराज दाहाल सह निर्मातामा रहेका छन् ।

कोशिश क्षेत्रि,सलोन बस्नेत,किरण चन्द,अन्जली अधिकारी,अर्जुन गुरुङ,कालु राना,जयनन्द लामा,अरुणा कार्की,अनुपमा भण्डारी,विशाल पहाडी,टेक पौरखी राई,सागर बस्नेत लगाएतका कलाकारको अभिनय रहेको छ। निरज कंडेलले छायांकन गरेको चलचित्रलाइ जीवन थापाले सम्पादन गरेका हुन् । चलचित्रमा श्री श्रेष्ठको द्वन्द,कोशिश क्षेत्रिको संगीत,शिशिर खातीको कोरियोग्राफी रहेको छ । चलचित्र आगामी मङ्सिर २० गतेबाट सार्बजनिक प्रदर्शनमा आउने छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.