‘लक्का जवान’ मा जोडिए सविन


सेलिब्रेटी नेपाल

काठमाडौं: छायांकनमा रहेको चलचित्र ‘लक्का जवान’मा अभिनेता सविन श्रेष्ठको पनि अभिनय रहने भएको छ। शिवहरी पौडेलको निर्देशनमा बनि रहेको चलचित्रमा सविन आफूले विशेष भूमिकामा अभिनय गर्न लागेको बताए। ‘भूमिका मन परेर काम गर्न लागेको हुँ। छोटो तर विशेष भूमिकामा देखिनेछु’–उनले भने। सविनले सामाजिक सञ्जाल फेसबुकमा चलचित्र यूनिटसंगका केही तस्वीर पनि शेयर गरेका छन्।

कमेडी जनारामा निर्माण भईरहेको चलचित्र ‘लक्का जवान’ मा किरण केसी, दीलिप रायमाझी, राजाराम पौडेल, प्रियंका कार्की, वर्षा शिवाकोटी, सलोन बस्नेत लगायतका कलाकारहरुको अभिनय रहनेछ। चलचित्रलाई चैतको ७ गतेबाट प्रदर्शनमा ल्याउने निर्माण यूनिटले जनाएको छ। सविनको निर्माण तथा अभिनय रहेको चलचित्र ‘हिरो रिटर्नस्’ मंसिरमा प्रदर्शनमा आउँदैछ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.