काठमाडौं । अभिनेता जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन तथा अभिनय रहेको चलचित्र ‘हिरो नं. १’ आउँदो शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । चलचित्र सेन्सर पास भईसकेको छ ।
चलचित्रले केन्द्रीय चलचित्र जाँच समितिबाट पिजी सर्टिफिकेट पाएको छ । चलचित्रमा जय किशनका साथमा जाहन्वी बस्नेत, संघरत्न महर्जन, शोभित बस्नेत, लय संग्रौला, टार्जन लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
जय किशन बस्नेत फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रमा ताराबीर पाण्डे, हरि थापा र सुर्य रुम्बाको संगीत, शंकर महर्जनको द्वन्द, बिनोद सापकोटाको छायाँकन तथा सुदिप पाण्डेयको सम्पादन रहेको छ । जय किशन सार्वजनिक गीत, ट्रेलर तथा अन्य प्रचार सामाग्रीबाट सकारात्मक प्रतिक्रिया पाएको हुनाले चलचित्रलाई दर्शकले रुचाउनेमा आशावादी देखिन्छन् ।