सुशीलको ‘पहिलो यो माया’मा समीक्षा र शेखरको रोमान्टिक अवतार


सेलिब्रेटी नेपाल

काठमाडौँ: द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट चर्चामा आएका गायक सुशील गर्तौलाको स्वरमा रहेको ‘पहिलो यो माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । उक्त गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ ।

सुगम संगीतमा उनको स्वर निकै राम्रो भएको धेरैको प्रतिक्रिया थियो । द भ्वाइसको अडिसनमा पनि सुशीलले यसै गीतको केही अंश गाएका थिए । भिडियोमा निर्देशक प्रकाश धितालले निकै मेहनत गरेको देखिन्छ ।

भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेल फिचरछन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने नृत्य निर्देशन सन्तोष राजबाहकको रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.