बिद्याको तीज गीतमा कुमार र लिलाको छमछमी (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक बिद्याराज शिवाकोटी र गायिका पार्वती कार्कीको स्वरमा रहेको तीज गीत भिडियो सार्बजनिक गरिएको छ। ‘आँखा नलागोस’ बोलको गीतमा शब्द तथा संगीत बिद्याराज शिवाकोटीको नै रहेको छ। अजय गोलेले निर्देशन गरेको गीतमा कुमार न्यौपाने र लिला केसी फिचर्ड छन् । भिडियोलाइ मरुभूमि नारायणले खिचेका हुन् भने सम्पादन रोशन धितालले गरेका हुन् । सार्बजनिक गीतमा दिनेश राजबाहकले संगीत संयोजन गरेका छन् । सार्बजनिक भिडियो धिताल फिल्म्सको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

गाइजात्रे एल्बमबाट सांगीतिक क्षेत्रमा प्रवेश गरेका शिवाकोटीका लगभग ५ दर्जन जति गीत संगीत सार्बजनिक भई सकेका छन्। गीत लेख्न संगीत गर्न र गाउन पनि सक्रिय बिद्याराज शिवाकोटी नेपाली गीत संगीतमा सक्रिय नाम हो । हाल उनि बाल गीतहरुको संग्रह निकाल्ने तयारीमा रहेका छन्। पछिल्लो समय बाल बालीकाहरुको लागि गीत संगीत बनेका छैनन् त्यसैले उनले १० वटा गीत रेकर्ड गरेर सार्बजनिक गर्ने तयारीमा रहेको बताए । उनका जुलुस,हंगकंग बजार,क्युटि मैयाँ,चाहियो चाहियो, लगाएत कमेडी गीतहरु चर्चित छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.