सुगमको ‘लैजा हावा’मा प्रेमीको सन्देश (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: गायक सुगम पोखरेल ‘लैजा हावा’ बोलको गितको म्युजिक भिडियोका साथ फर्किएका छन् । अमेरिकामा रही विभिन्न व्यवसायमा संलग्न मोरङ विराटचोक निवासी व्यवसायी राजन भुजेलले ‘लैजा हावा’ दर्शक श्रोताका माझमा ल्याएका हुन् । कर्णप्रिय शब्द, संगित तथा लयले ओतप्रोत सो गीतको शब्द र संगीत राजन भुजेलकै रहेको छ । सुगम पोखरेलको स्वरवद्ध उक्त गितमा शैलेन्द्रमान प्रधान बाबुको संगीत संयोजन रहेको छ । प्रेम र बिछोडका भावनालाई समेटेर तयार पारीएको गितबाट धेरै समयको अन्तराल पछि सुगमले कम्ब्याक गरेका छन् । मोडल अभिलाषा शर्मा र सागर थापा अभिनित भिडियोमा फराज अर्पणको छायांकन तथा सम्पादनमा रहेको छ भने भिडियोलाई दिलिप समनले निर्देशन गरेका छन्। भिडियोमा सागर थापा र अभिलाषा शर्मा फिचर्ड छन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.