आरसी र पवित्राको ‘मायाको चिनो’ सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: आरसी रिमाल र पवित्रा गुरुङको स्वरमा रहेको गीत ‘मायाको चिनो’को भिडियो सार्वजनिक गरिएको छ । ङवा फिङ्गु पाख्रिनको शब्द तथा संगीत रहेको उक्त गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् । अजय रेग्मीको छायांकन रहेको भिडियोमा मिलन बिके र पदम सुवेदीको सम्पादन रहेको छ । लोक फ्लेभरको उक्त गीतको भिडियोमा समाजसेवी शान्जे गुरुङ र मोडल अनुसुया ठकुरीको अभिनय रहेको छ ।

संगीतमा आफ्नो संघर्ष लामो भएको र यो गीतबाट आफु माथि उठ्ने विश्वास गायक रिमालको छ । गायक रिमालको यसअघी सार्वजनिक भएको गीत सिन्की अचार चर्चित बनेको थियो । भिडियोमा अभिनय गरेका समाजसेवी गुरुङ देशका बिभिन्न स्थानमा रहेका जिर्ण मठ मन्दिर पुनर्निर्माणमा सकृय छन् । मोडलिङ आफ्नो रुचीको क्षेत्र भएकाले यसै गीत मार्फत मोडलिङ क्षेत्रमा पाइला चालेको उनको भनाई छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.