प्रमोद खरेलको ‘एउटा गीत’ भिडियो सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: माया एउटा संग बिहे एउटा संग, तिमी कस्को हुने होला म नि कस्को हुने होला , झिमझिम सानु लगायत का थुप्रै सदबाहार गीत दिएर दर्शक श्रोताको मन जितेका दिवान किनारले फेरि प्रमोद को आबाजलाइ चुनेका छन् । उनको संगीत र एरेन्ज अनि आर के रम्तेलको शब्दमा प्रमोद खरेलको आवाज संगै नयाँ गीत सार्बजनिक गरिएको छ ।

गोपाल साउदले निर्देशन गरेको भिडियोलाइ पिएस बिडारीले छायाँकन गरेका हुन् भने सम्पादन गोबिन्द लाहोरियाले गरेका हुन् । भिडियोमा गोपाल साउद,निरु कौर,रोहित शर्मा र नेहा खुरानालाइ फिचर्ड गरिएको छ । संगीतकार दिवान किनारको अफिसियल यु ट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतको भिडियोमा भारतको विभिन्न ठाउँहरूको लोकेशन लाई सुन्दर ढंगले चित्रण गरिएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.