“म सेक्स क्रान्तिकारी महिला हुँ” शर्लिन



बलिउडमा बोल्ड गर्लको पहिचान बनाएकी मोडल तथा अभिनेत्री शर्लिन चोपडा फेरि चर्चामा आएकी छन् । केही समयअघि विश्वचर्चित पुरुष म्यागजिन प्लेब्वायका लागि न्यूड फोटोशुट गरेर चर्चा बटुलेकी शर्लिनले पछिल्लो समयमा एक अन्तर्वार्तामा आफूलाई सेक्स क्रान्तिकारी बताएकी छन् । जसले गर्दा उनी यतिखेर चर्चाको विषय बनेकी छन् ।शर्लिनले अन्तर्वार्तामा बोल्डनेसको बारेमा भनेकी छन् ‘मेरा लागि बोल्ड हुनु भनेको आत्मविश्वास हो । बोल्ड हुनुको मतलब आफ्नो विचार र डिसिजनको प्रवाह गर्नु पनि हो । म आफ्नो डिसिजनमा जिउन चाहन्छु ।’ साथै शर्लिनले आफू खुशी ‘बोल्डनेस’ हुँदा आत्मविश्वासमा ‘क्रान्तिकारी छलाङ’ मार्ने  बताएकी छन् ।

प्लेब्वायको कभर पेजका लागि न्यूड तस्वीर खिचाउनु पहिले शर्लिनले भारतीय महिला हुनुको अनुभव बताएकी थिइन् । उनले भनेकी थिइन् ‘इतिहास बनाउनुको बेग्लै सुखद् अनुभव हुन्छ । प्लेब्वायका सदस्यहरूले मलाई आफ्नै तरिकाले सम्मान गरे । न्यूड फोटोशुट गरेर गलत निर्णय गरेजस्तो पनि मलाई लागेको छैन ।’

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.