बन्ने भो ‘होस्टेल ब्याक अगेन’


सेलिब्रेटी नेपाल

काठमाण्डौ: चलचित्र ‘होस्टेल ब्याक अगेन’ निर्माण हुने भएको छ । सफल चलचित्र ‘होस्टेल’ र ‘होस्टेल रिर्टन्स’ पछि यही सिरिजको तेश्रो चलचित्रको रुपमा ‘होस्टेल ब्याक अगेन’ निर्माण हुन लागेको हो । यो चलचित्रलाई सुनिल रावलले निर्देशन गर्नेछन् । उनीपछिल्लो समय अमेरिकामा बस्दै आएका छन् । सुनिलको निर्माणमा चलचित्र ‘होस्टल’ बाट अभिनेता अनमोल केसी, ‘होस्टेल रिर्टन्स’ बाट सुशिल श्रेष्ठ र नाजिर हुसेन डेब्यू भएका हुन् ।

सुनिलका अनुसार हरेक देशबाट अमेरिका अध्ययनका लागी गएका र होस्टेलमा बसेका युवायुवतीहरुको विषयलाई मुख्य कथा बुनेर ‘होस्टल ब्याक अगेन’ निर्माण गरिनेछ ।आफुले यही चलचित्रबाट निर्देशनमा डेब्यु गर्ने पनि सुनिलले बताएका छन् । चलचित्रमा कथा स्वयम रावलको हो । यसको पटकथा, संवाद रायन राइजको रहनेछ । हाल स्क्रिप्टको काम भइरहेको पनि सुनिलले जानकारी गराएका छन् । आगामी अगस्टबाट छायाँकन सुरु हुने यो चलचित्रको कलाकार चयन चाँडै सुरु गर्ने पनि सुनिलले जानकारी गराए ।

यो चलचित्रलाई दुर्गेस फिल्मस् र काफिया फिल्मस्ले निर्माण गर्ने भएको छ ।चलचित्रको छायाँकन अमेरिकामै गरिने यसका निर्माता गोविन्द शाहीले जानकारी गराएका छन् । निर्माता शाहीका अनुसार केही कलाकार नेपालबाट अमेरिका छायाँकनका लागि जानेछन् । तर बाँकी कलाकार अडिसनबाट अमेरिकामै चयन गरिने छ । होस्टलका विधार्थीका रुपमा अमेरिकामा नै अध्ययनका शिलशिलामा रहेका नेपाली बिद्यार्थीहरु हुनेछन् ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.