‘गरुड पुराण’ फस्टलुक पोस्टर सार्बजनिक नाजिर बने ब्याण्ड मास्टर


सेलिब्रेटी नेपाल
काठमाडौँ :
चलचित्र ‘गरुड पुराण’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । पोष्टरमा अभिनेता नाजिर हुसेनलाई व्यान्ड मास्टरको रुपमा प्रस्तुत गरिएको छ । अभिनेताहरु कर्मा शाक्य, प्रविण खतिवडा, कामेश्वर चौरसिया, र अभिनेत्री प्रियँका सिंह ठकुरी पोष्टरमा समेटिएका छन् । अजित प्रजापति र अशोक गौतमले निर्माण गरेको चलचित्रमा लुनिभा तुलाधर, बसन्त भट्ट, प्रकाश घिमिरे, कमल देवकोटा, सरोज श्रेष्ठ लगायतका कलाकारको पनि मुख्य भूमिका रहेको छ ।

पारिवारिक प्रेमकथा र कमेडी चलचित्रमा आकाश बराल, बिनोद खतिवडा र निर्देशक सुवास कोइरालाले मिलेर संवाद लेखेका हुन् भने कथा कशम नेपालको हो । रेनेशा वान्तवा राईको कोरियोग्राफी रहेको चलचित्रमा कोशिस क्षेत्रको संगीत, सुसन प्रजापतिको छायाँकन, उज्ज्वल ढकालको सम्पादन रहेको छ । चलचित्र माघ ४ गते बाट प्रदर्शनमा आउने भएको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.