सेलिब्रेटी नेपाल काठमाडौँ 

गायक नारायण धितालको  स्वर तथा संगितकार चेतन सापकोटाको ‘हिउँ झै गोरी’ बोलको म्युजिक भिडियो सार्बजनिक गरिएको  छ । एल्बम ‘जय माया प्रेम’ मा समाबेश गीतमा शब्द अर्जुनरत्न भिखारीको रहेको छ । गीतमा संगीत संयोजन महराज थापाले गरेका छन् । उक्त गीतको भिडियोमा संगितकार सापकोटा, शुस्मा अधिकारी र गायक धितालले अभिनय गरेका छन् । युवराज वाइवाले निर्देशन गरेको भिडियोलाई  सुदिप वरालले  छयाङ्कन तथा निशान घिमिरेले सम्पादन  गरेका हुन् ।



							
							
							
							
							
							