झुमी झुमी गर्ल गायिकाको ‘ब्युटिफुल गर्ल’ (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

पछिल्लो समय नेपालमा जतिकै विदेशमा बिशेष गरि अस्ट्रेलिया र अमेरिकाबाट पनि नेपाली म्युजिक भिडियोहरु बन्ने क्रम उतिकै बढेको छ नेपाली नया बर्ष पछिको १ हप्तालाई हेर्ने हो भने विदेशबाट पनि धेरै भिडियोहरु रिलिज भए त्यही मध्यको एक हो प्रजिता गेलालको ‘ब्युटिफुल गर्ल’ शैलेश अधिकारीको शब्द तथा संगीत र राहुल प्रधानको संगीत संयोजन ‘ब्युटिफुल गर्ल’मा चर्चित र्यापर गिरिश खतिवडाको र्याप रहेको छ । गीतको म्युजिक भिडियोमा रात्रि लाइफलाई चित्रण गरिएको छ । भिडियोमा प्रजितासँगै किशोर र मिर पनि फिचर्ड छन् ।

निकेश खड्काले निर्देशन गरेको भिडियोलाई संजीत श्रेष्ठको छायांकन र बिकाश दाहालको सम्पादन रहेको छ । विदेशी भुमिमा रहेर पनि नेपाली गीतसंगीतमा आफुलाई निरन्तरता दिईरहेकी गायिका गेलालको यस अघि ३ वटा गीति एल्बम आइसकेका छन् भने करिब ४ दर्जन जति गीतहरु रेकर्ड भैसकेका छन्। पहिलो एल्बमको ‘चन्चल चन्चल’ गीतबाट चिनिएकी प्रजितालाइ दोश्रो एल्बमको’ झुमी झुमी गर्ल’बाट एउटा छुट्टै पहिचान बनायो भने उनी धेरै माझ झुमी झुमी गर्ल भनेर चिनिन पुगिन हरेक प्रकार रास्ट्रीय,पप,डान्सीङ गीतहरु अनि म्युजिक भिडियोमा फरक फरक शैलीको प्रस्तुति गर्न मन पराउने उनले अस्ट्रेलियालगायत धेरै देशहरुमा सांगीतिक कार्यक्रम गरिसकेके छिन भने भ्याए सम्मको विभिन्न सामाजिक सेवामा पनि सहभागी भई रहेकी हुन्छिन ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.