‘मिस्टर झोले’ छायांकन यसरि भएको थियो (हेर्नुहोस मेकिङ्ग भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

रामबाबु गुरुङ निर्देशित ‘मिस्टर झोले’ पुष २८ गते देखि प्रदर्शनमा आउदैछ । ट्रेलर र गीत बाट राम्रो प्रतिक्रिया पाउन सफल चलचित्र लाई दर्शकले प्रतिक्षा गरिरहेका छन् । कमेडी जनराको चलचित्रले दर्शक लाइ पुरा मनोरंजन प्रदान गर्नेछ । रामबाबु गुरुङ निर्देशित चलचित्रका निर्माता टेकेन खड्का हुन् भने कार्यकारी निर्माता रौनक विक्रम कडेल रहेका छन्।

शैलेन्द्र डि कार्किले छायांकन गरेको चलचित्रमा दयाहाङ राई, दिया पुन, बुद्धि तामाङ, विजय बराल, बर्षा रावत, प्रविन खतिवडाको मुख्य भूमिका रहेको छ । ‘मिस्टर झोले’ युनिटले प्रचारप्रसारलाई तिब्रता दिंदै दर्शकका लागि भनेर चलचित्रको मेकिङ भिडियो पनि सार्वजनिक गरेको छ। जुन भिडियो हेरेर छायाँकनताका ‘मिस्टर झोले’ सेटमा के के भएको थियो भन्ने कुराको जानकारी पाउन सकिन्छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.