जेनिशा र चन्दन बने मिस एन्ड मिस्टर थारु


सेलिब्रेटी नेपाल काठमाडौँ

मिस थारुको उपाधि चितवनकी जेनिशा चौधरीले जितेकी छन्। सोमबार राजधानीमा आयोजित अन्तिम स्पर्धामा २६ जना प्रतिस्पर्धीलाई पछि पार्दै जेनिशाले उपाधि जितेकी हुन्। उनलाई प्रमुख निर्णायक मिस नर्थ इन्डिया २०१३ की विजेता इशा सिंहले ताज पहिर्‍याइदिएकी थिइन्। त्यस्तै फस्ट रनरअप बर्दियाकी सम्झना चौधरी र सेकेन्ड रनरअप एरिसा चौधरी भइन्। दुबै रनरअपलाई मिस नेपाली इन्टरनेशनल २०१६ की विजेता वर्षा लेखीले ताज पहिर्‍याइदिएकी थिइन्। उपाधि विजेताले अन्य पुरस्कारसँगै ५० हजार नगद पुरस्कार पाए भने फस्ट रनरअपले २० हजार र सेकेन्ड रनरअपले १० हजार पुरस्कार पाए।

त्यस्तै सोमबारै भएको मिस्टर थारुको उपाधि सप्तरीका चन्दन चौधरीले जितेका छन्। फस्ट रनरअप सुभम चौधरी र सेकेन्ड रनरअप प्रद्युमन चौधरी भए। विजेता चन्दनले पनि ५० हजार पुरस्कार पाए। रनरअपले क्रमश २० र १० हजार पाए। प्रतियोगितामा वेष्ट वाक आशिष महतो र सम्झना चौधरी, वेष्ट पोसाकमा महेश चौधरी र रिन्कु पन्जियार थारु, वेष्ट कल्चरल रिप्रिजेन्टमा अनुका चौधरी, पब्लिक च्वाइसमा शेखर चौधरी र वेष्ट ट्यालेन्टको उपाधि शुभम चौधरीले हात पारे। थारु अनलाइन मिडियाले आयोजना गरेको प्रतियोगितामा सहभागी प्रतिस्पर्धीलाई निश्मा चौधरीले कोरियोग्राफी गराएकी थिइन्।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.