गोरे ट्रेलर सार्बजनिक ! गोरे बनेका दिलिप र अनुको केमेस्ट्री कत्तिको जम्ला ?


सेलिब्रेटी नेपाल काठमाडौँ

२९ मंसिरबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘गोरे’को ट्रेलर सार्वजनिक भएको छ । प्रदर्शन मिति नजिकिदै गर्दा चलचित्र युनिटले प्रचार प्रसारलाइ सुरु गरेको छ ।
गोरे दीलिप रायमाझी लामो समयपछि पुनः पर्दामा फर्किएको चलचित्र हो रमेश कुमार राइको निर्देशन रहेको चलचित्रमा दीलिपको अलवा अनु शाह, राकेश कुमार राइ, डा.गुन्नु घर्ती, अभिषेक गिरी, बिमला आचार्य, रबिन्द्र आचार्य लगायतको अभिनय रहेको छ ।

जिएस मुभि मेकर्सको व्यानरमा निर्माण भएको यो चलचित्रलाइ सुर्य जिसिले प्रस्तुत गरेका हुन् । रुपा जिसी निर्माता रहेको चलचित्रको गीतमा बिकाश चौधरीको संगीत रहेको छ ।