बन्ने भयो ऐतिहासिक चलचित्र कथा नालापानिको


सेलिब्रेटी नेपाल काठमाडौँ

थुप्रै सफल चलचित्रको कथा तथा पटकथा सम्बाद लेखि सकेका अनुभबी निर्देशक तथा लेखक शिबम अधिकारीको लेखन तथा निर्देशनमा ऐतिहासिक चलचित्र बिरताको चिनो २ ‘कथा नालापानिको’ बन्ने भएको छ । श्याम कार्कीको प्रस्तुतिमा सुनिल लामाले निर्माण गर्न लागेको चलचित्र लाई रामेश्वर कार्कीले छायांकन गर्ने छन् भने चलचित्रमा मणि थापाको संगीत,चन्द्र पन्तको द्वन्द रहनेछ । माघ बाट फ्लोरमा जाने तयारीमा रहेको चलचित्रमा धेरै जसो नयाँ कलाकार हरु अडिसन बाट छानिने कुरा लेखक तथा निर्देशक शिबमले बताए ।

कलाकार कलाकार रमित ढुंगाना,गणेश गिरि,श्रीदेव भट्टराई,श्याम कार्की, सुनिल लामा,केशब सापकोटा भने फाइनल भई सकेका छन् । बिगत ५ बर्ष देखि नेपाल भारतका विभिन्न स्थानहरुमा पुगेर चलचित्रको कथा बस्तुको बारेमा रिसर्च गरिएको र चलचित्र लाई सक्दो उत्कृस्ट बनाउने निर्देशक बताउछन् । नालापानिको युद्दमा नेपाली बिर सेनाहरुले देखाएको बिरताको कथा नै चलचित्रको मुख्य बिषय बस्तु रहेको छ। चलचित्रको छायांकन हेटौडा,सिन्धुली र काठमाडौँमा हुने छ । ऐतिहासिक चलचित्र भएकोले चलचित्रको बजेट पनि हाइ नै हुने छ।

Copyright © 2012 - 2026 | All Right Reserved.