‘मेरो पैसा खोइ’ बिशेष शो ! रुचाईयो कमेडी चलचित्र


सेलिब्रेटी नेपाल काठमाडौँ

अभिनेता तथा निर्माता रोज राणा निर्देशित चलचित्र ‘मेरो पैसा खोई’को बिशेष शो सम्पन्न भएको छ। प्रदर्शनको पहिलो दिन आज राजधानीको एक सिनेमा घरमा चलचित्रको बिशेष शो को आयोजना गरेको उक्त शो मा चलचित्रका युनिट तथा संचार कर्मी हरुको उपस्थिति रहेको थियो। कमेडी जनरामा बनेको चलचित्र ‘मेरो पैसा खोई’हेर्ने जतिले सकारात्मक प्रतिक्रिया दिएका छन्। चलचित्रले हेरुन्जेल हसाउने छ
हेरुन्जेल यति धेरै हाँसे चलचित्र हेरेका दर्शकले प्रतिक्रिया दिए । बिजया दशमीमा कमेडी चलचित्र हेरेर दर्शक हास्ने छन् र रमाइलो गर्ने छन् भन्ने उदेश्यले दशैंमा नै प्रदर्शन गरिएको निर्माण युनिटले बताए ।

चलचित्रको निर्माता उमा केसी हुन् भने सह निर्मातामा रुपक राणा र रुपम राणा रहेका छन् । कमेडी जनराको ‘मेरो पैसा खोई’मा सौगात मल्ल, वर्षा राउत, बुद्दी तामांग, छुल्ठिम गुरुङका अलावा सागर तिवारी, रविन तामाङ, कमलमणि नेपाल, धुर्व कोइराला लगायतका कलाकारको मुख्य अभिनय छ ।

Copyright © 2012 - 2026 | All Right Reserved.