रिदम अस्ट्रेलियामा प्रिमियर गरिने


सेलीब्रेटी नेपाल माघ ६ गते- केहि दिन अघि मात्रै चलचित्र कलिवुड कतारमा  प्रिमियर गरियको थियो  नेपाली चलचित्रहरु विदेशमा प्रिमियर गर्ने प्रचलन बढ्दै गरिहेको बेला बिशुद्ध नेपाली पनको कथा बोकेको भनिएको चलचित्र ‘रिदम’को पनि अष्ट्रलियामा प्रिमियर गरिने भएको छ।
यस अघि ब्ल्याक मेल चलचित्र  प्रिमियर गरेसकेको म्यागजिन ‘+977 लाईफ स्टाईल’ ले रिदमको प्रिमियरको पनि आयोजना गर्न लागेको हो । अष्ट्रेलियाको सिड्नीमा गरिन लागिएको प्रिमियर आगामी शनिबार स्थानीय समय अनुसार दिउँसो ३ बजे र साँझ ६ बजे गरिने +977 का प्रकाशक कुशल केसीले बताएका छन् ।
नेपाली चलचित्र तथा गीतसंगीतलाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्रिमियरको आयोजना गरिएको केसीले बताएका छन् । उक्त प्रिमियर समारोहमा चलचित्रका नायक जीवन लुईटेल सहभागी हुनेछन् ।
विकास आचार्यको लेखन, निर्देशन रहेको रिदममा जीवनको अलवा स्वेता भट्टराई, विल्सन विक्रम राई, निर शाह लगायतको अभिनय रहेको छ । चलचित्रलाई प्रदीप दाहालले निर्माण गरेका हुन् ।

Copyright © 2012 - 2026 | All Right Reserved.