भारतमा १० नेपाली चलचित्र देखाईदै


सेलिब्रेटी नेपाल काठमाडौँ
भारतमा नेपाली चलचित्र देखाइने भएको छ। साउन १३ गतेदेखि पुणेम आयोजना हुन लागेको ‘इन द ल्याप अफ दी हिमालयजः ए फेस्टिभल अफ फिल्मस् फ्रम नेपाल’ नामको फिल्म फेस्टिभलमा १० नेपाली चलचित्रहरु देखाइने भएको हो।

उक्त फेस्टिभलमा दीपेन्द्र के खनालको ‘पशुपति प्रसाद’, नरेशकुमार केसीको ‘डाइङ क्यान्डल’, यादव भट्टराईको ‘झोला’, नीर शाहको ‘सेतो बाघ’, रामबाबु गुरुङको ‘कबड्डी’, निश्चल बस्नेतको ‘टलकजंग भर्सेज टुल्के’ मनोज पण्डितको ‘छाया’ सँगै मीनबहादुर भामको ‘कालो पोथी’, छिरिङ रितार शेर्पाको ‘मुकुन्डो’, प्रचण्डमान श्रेष्ठको ‘लभ सासा’ र गोपालचन्द्र लामिछानेको ‘ओ माइ म्यान’ पनि देखाइने छ।

यस फेस्टिभलको आयोजना पुणे इन्टरनेशनल सेन्टरले नेपालको चलचित्र विकास बोर्ड र भारतको नेशनल फिल्म अर्काइभ अफ इन्डियासँगको सहकार्यमा गर्न लागेको हो।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.