आलोचित र आरोपित हुँदै आर्यन

आर्यन सिग्देलको अभिनय र अनुहारको प्रशंसा त उत्पातसँग गर्ने गरिन्छ। अभिनय शैली अनि युवापुस्ताका दर्शकमाझ उनको क्रेज पनि कम छैन। यसो हुँदाहुँदै पनि उनलाई माया गर्नेभन्दा गाली गर्नेहरूको सङ्ख्या भने कम छैन। यसो नहुनुपर्ने हो तर यसो भयो किन? जवाफमा उनीसँग काम गर्नेहरू भन्छन्, ‘समयअनुसार र परिस्थितिअनुकूल आफूलाई उभ्याउन नसक्नु उनको कमजोरी हो।’
यी चलचित्रकर्मीको भनाइ एक हदसम्म सही यो मामिलामा हो कि आर्यन बजारभन्दा बढी पारिश्रमिक माग्ने गर्छन्। चलचित्रको बजार राम्रोसँग फस्टाउन नसकिरहेको आजको अवस्थामा आफूले लिने पारिश्रमिक निर्माताले सोचेभन्दा बढी भनेपछि निर्माताहरू पनि आत्तिने गरेका छन्। त्यसो त अर्काथरी चलचित्रकर्मी भने ‘यति भए खेल्छु नत्र खेल्दिनँ’ भन्ने आर्यनको सोच र शैलीलाई गलत भन्न पनि चाहँदैनन्। ‘कति पारिश्रमिक माग्ने हो त्यो त कलाकारहरूको अधिकार पनि हो, दिन सक्नेले दिन्छ नसक्ने दिँदैनन्। आर्यनले पनि आफूले मागेको रकम पाए खेल्छ नत्र खेल्दैन,’ अर्काथरीको विचार छ।
त्यसो त सम्झौता गरिसकेपछि पनि विभिन्न बहानामा निर्माताहरूलाई दुःख दिने काम आर्यनबाट हुने गरेको आरोप पनि नलागेको होइन। यो मामिलामा विशेष गरेर युवतीपे्रमी नायक आर्यनको स्पष्टीकरण भने यस्तो छ, ‘गलत हल्ला हुन् यी। यदि यस्तो गलत काम मैले गरेको थिएँ भने म किन टिक्थेँ यो क्षेत्रमा? म दबाबमा होइन स्वतन्त्र रूपले काम गर्न चाहने कलाकार हुँ।’
हुन त आफू पैसा सोहोर्न मात्र चलचित्रमा खेल्न नआएको आर्यनको भनाइ यतिबेला सही पनि निस्किएको छ। यदि उनले अफर आएजति अनि निर्माताले जति दियो त्यति पारिश्रमिकमा काम गर्ने हो भने सिनेमाको सङ्ख्या मात्र होइन कि धन पनि उनले रामै्र बटुल्थे। तर, उनले त्यसो गरेनन्। ‘अफर आएजति फिल्ममा काम गर्ने हो भने मेरो महिनामा दशवटा फिल्म पुग्छ र एउटाबाट तीन लाख मात्र लिएँ भने पनि तीस लाख घर भित्रिन्छ, महिनामा। म यसरी यस्तो लोकप्रियतामाथि विश्वास गर्दिनँ। थोरै खाऊँ तर मीठो खाऊँ भनेर लाग्दा कसैले गाली गर्छन् भने गरून, मलाई मलतब छैन’, उनले भने।

घटना र विचार बाट साभार

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.