ढाका चोलीमा संचिताको ठुम्का,लिला गीत सार्बजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘लिला’को ‘ढाको चोली, ढाकाकै पटुकी…’ बोलको गीत सार्वजनिक भएको छ । लोक शैलीको गीत अभिनेत्री संचिता लुइटेल र अभिनेता राज कटुवाल माथी फिचरिङ गरिएको छ । गीतमा अभिनेत्री संचिता नेपाली पहिरन चोलो र फरियामा सजिएकी छन् भने राज ढाकाको दौरा सुरुवालमा ठाटिएका छन् ।

लक्ष्मण बस्नेतको शब्द, रमेश खड्काको संगीत, सचिन राई र अन्जु पन्तको स्वर रहेको गीतमा कमल राईले निकै राम्रो कोरियोग्राफी गरेका छन् । सिक्किम र दार्जलिङका बिभिन्न लोकेसनमा छायाँकन गरिएको गीत जो कोहीको जिब्रोमा सजिलै झुन्डिने खालको रहेको छ । सिनेदर्पण इन्टरटेमेन्टको ब्यानरमा कृष्ण प्रसाद दंगाल प्रस्तुतकर्ता रहेको चलचित्र ‘लिला’ अनुभबी तथा टेक्निकल्ली निर्देशक रमेश कोइरालाले निर्देशन गरेका हुन् ।

लक्ष्मण बस्नेत, विमला घिमिरे (दंगाल) निर्माता रहेको चलचित्रको लेखन निर्माता लक्ष्मण बस्नेतले नै गरेका हुन् । चलचित्रमा मलिना जोशी, राज कटुवाल, संचिता लुइटेल, धु्रर्व कोइराला, निस्तोज निरौला, देवीराम पराजुली, (भोकलाग्यो), पंकज नेपाल, स्वानीका बास्तोला लगायतको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.