तक्मेको रातो घर प्रिमियर सम्पन्न


सेलिब्रेटी नेपाल काठमाडौँ

तक्मे बुढाको नामले परिचित हाँस्य कलाकार विल्सन विक्रम राईले आफ्नै लगानीमा निर्माण गरेको चलचित्र रातो घरको प्रिमियर शो को आयोजना भब्य रुपले सम्पन्न गरेको छ राजधानीको बिग सिनेमामा आयोजना गरिएको प्रिमियरमा चलचित्रका कलाकार,अन्य चर्चित कलाकार तथा पत्रकारको बाक्लो उपस्थिति रहेको थियो । यो सुक्रबार बाट सार्बजनिक प्रदर्शनीमा आउने चलचित्र लाइ सुरज सुब्बा नाल्बोले निर्माण तथा निर्देशन गरेका हुन् । चलचित्र हेरेका दर्शक बाट रातो घरले राम्रो प्रतिक्रिया पाएको छ ।

चलचित्रले लागु पदार्थ अनि दुर्व्यसनको कथा बोल्छ । विदेशका विभिन्न शहरमा प्रदर्शन भईसकेर चलचित्र आफ्नो लगानी सेभ गरि सकेको छ । चलचित्रमा विल्सनसँगै गौरव पहारी, संयम पुरी, भानु प्रताप,अनुराग कुँवर,जितेन तामाङ, विकेश श्रेष्ठ, मेनुका प्रधान, उपासना लिम्बुलगायतको अभिनय रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.