दिपेन्द्र सरकारको लभ स्टोरी अब चलचित्रमा


सेलिब्रेटी नेपाल काठमाडौँ

२०२८ असार ७ गते नारायणहिटी दरबारमा जन्मिएका दीपेन्द्र शाह एक यस्ता पात्र हुन् जो छोटो समयका लागि राजा भए। राजा वीरेन्द्र र रानी ऐश्वर्याका जेठा छोरा दीपेन्द्रलाई १३ औं राजा घोषित गर्दा उनि अर्धमृत अवस्थामा थिए। २०५८ जेठ १९ गते भएको दरबार हत्याकाण्डको तेस्रो दिन उनलाई मृत घोषणा गरिएको थियो।शाहवंशका यी पात्रलाई लिएर इतिहासमा धेरै लेख लेखिए र पढिए पनि। विवेक कुमार शाहले लेखेको पुस्तक ‘मैले देखेको दरबार’मा दीपेन्द्र र दरबारसँग सम्बन्धित धेरै तथ्यहरु उल्लेख छन्। यो चर्चित पुस्तकमाथि स्वदेशी तथा विदेशी संचारमाध्यमले धेरै समाचारहरु पनि बनाए। अब यसै पुस्तकमा आधारित रहेर चलचित्र निर्माण हुने भएको छ।

आशु सेन फिल्मस् प्रालिले काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै विवेक कुमार शाहको पुस्तक ‘मैले देखेको दरबार’मा आधारित रहेर फिल्म ‘दीपेन्द्र सरकार’ निर्माण गर्न लागेको जानकारी दिएको छ। फिल्मका निर्माता सन्तोस सेनले फिल्म बनाउनको लागी यो पुस्तकको प्रतिलिपि अधिकार पनि किनिसकेका छन्। ५ करोड ५० लाख रुपैयाँ अनुमानित बजेट छुट्टाइएको यो फिल्म २०७५ सालको जेठ १९ गतेबाट प्रर्दशनमा आउने छ। जेठ १९ गते नै दरबार हत्याकाण्ड भएको थियो। सन्तोष सेनले यसघि ‘चंखे शंखे पंखे, प्रेमगीत र प्रेमगीत २’ निर्माण गरिसकेका छन्। नेपाल, बेलायत र अमेरिकामा छायांकन गरिने यो फिल्ममा नायक प्रदीप खड्काले दीपेन्द्रको भूमिका निर्वाह गर्दै छन्। कार्यक्रममा उनि राजाकै भेषभुषामा देखिएका थिए। अंगरक्षक र एडीसी पनि उभ्याइएको थियो। चलचित्रका निर्देशक तथा अन्य टिमको भने टुंगो लाग्न बाँकि रहेको छ ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.