दोस्रो ग्लोबल नेपाली फिल्म अवार्ड अमेरिकामा


सेलिब्रेटी नेपाल काठमाडौँ
अमेरिकामा हुने दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्ड युनिटले अवार्डका उद्धेश्य र योजनाहरू पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय क्षेत्रमा बिस्तार गर्नका लागि नेपाली कलाकर्मीको खुविलाई बिश्वप्यापी बनाउने उद्धेश्यका साथ अमेरिकामा गत वर्ष देखी आयोजना सुरु गरिएको खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डको दोस्रो संकरणबारे बिहीबार राजधानी स्थित नेपाल चलचित्र सङ्घको कार्यलयमा पत्रकार सम्मेलन गरी जानकारी गराईएको हो ।

पत्रकार सम्मेललनमा दोस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक शैलेश पोखरेलले अवार्डका योजना र उद्धेश्य साथै गत वर्षको अवार्ड समारोहका बारेमा प्रकाश पारेका थिए भने ग्लोबल नेपाली फिल्म अवार्डका अध्यक्ष नवराज श्रेष्ठले प्रवासमा रहेर अवार्ड आयोजना गर्नु चुनौती पूर्ण भए पनि सबैको साथ र सहयोगका कारण निरन्तर यो अवार्ड आयोजना गर्ने हौसला मिलेको बताएका थिए । अर्को पल्ट अस्ट्रेलियामा गर्न कुरा भइरहेको जानकारी दिएका छन् ।

गत वर्षको खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डमा सहभागी भएर फर्केका कलाकार सुनिल थापा र बसुन्धरा भुसालले अवार्ड समारोहको प्रंशसा गर्दै नेपालदेखि कलाकार लगेर अमेरिकामा यति सौहार्दपुर्ण वातावरणमा कलाकारले कुनै गुनासो गर्नुपर्ने सानो ठाउँसम्म नदिई यति उत्कृष्ठ कार्यक्रम गर्न सफल भएको भन्दै अवार्ड आयोजक टिमलाई धन्यवाद र बधाई ज्ञापन गरेका थिए ।

नेपाल फिल्म सोसाईटी नेपालका अध्यक्ष अभिनेता कृष्ण मल्लले ग्लोबल नेपाली फिल्म अवार्ड आगामी वर्षहरूमा पनि निरन्तर आयोजना गरिने जानकारी दिँदै तेस्रो खुम्बु खोल्च ग्लोबल नेपाली फिल्म अवार्डका लागि विभिन्न देशका रहेका विभिन्न व्यक्तिले चासो देखाएको र अवार्डलाई बिश्वव्यापी बनाउँदै अन्तर्राष्ट्रिय चलचित्र भुगोलमा नेपालीको खुविलाई स्थापित गर्ने आफुहरुको उद्धेश्य रहेका बताए ।

त्यस्तै कलाकार,निर्देशक तथा चलचित्र निर्माता सङ्घ अध्यक्ष आकाश अधिकारी, नेपाल चलचित्र सङ्घ अध्यक्ष प्रदिप कुमार उदय, चलचित्र पत्रकार सङ्घ अध्यक्ष सन्दिप सापकोटा, चलचित्र कलाकार सङ्घ अध्यक्ष राम केशर बोगटी, चलचित्र विकास बोर्ड सदस्य तथा पत्रकार अशोक प्यासी लगायतले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्म अवार्ड आयोजना गर्नु नै अत्यन्त महत्त्वपूर्ण रहेको र यसले नेपाली कला प्रवद्धनमा प्रत्यक्ष र फराकीलो टेवा पुग्ने बताए ।

सेलिब्रिटी नेपाल.कम

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर ५३७ – २०७३ / ०७४

संचालक / प्रकाशक: कल्पना सापकोटा
सम्पादक: आनन्द अधिकारी
समाचार प्रमुख: रघुनाथ सापकोटा
सम्पर्क:
call/whatsapp: +977 9851071873 | email: celebritynepal@gmail.com

Supported by Glamour Nepal | Shopping Partner: Kavya Online Store

Copyright © 2012 - 2025 | All Right Reserved.