सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा
माधुरी दीक्षितका बुबा–आमाले उनी फिल्म उद्योगमा नआओस् भन्ने चाहन्थे । माधुरी विवाह गरेर आफ्नो गृहस्थी सम्हालोस् भन्ने बुबा–आमाको इच्छा थियो, त्यसैले वर खोज्न सुरु गरे । केही लामो समयपछि वरको रुपमा ‘सुरेश वाडकर’ भेटे । सुरेश त्यस समयका उदाउँदो गायक थिए । माधुरीका बुबा–आमाले सुरेशको घरमा विवाह प्रस्ताव पठाए, तर सुरेशले सम्बन्ध जोड्न अस्विकार गरे । सुरेशले ‘केटी’ निक्कै दुब्ली–पातली भएका कारण विवाह गर्न अस्विकार गरेको बताएका थिए ।
सम्बन्ध नजोडिएपछि माधुरीका बुबा–आमा निक्कै दुःखी बने, तर माधुरी भने निक्कै खुशी थिइन् । किनकि यही ‘रिजेक्सन’का कारण उनका परिवारले फिल्म क्षेत्रमा काम गर्न अनुमति दिएका थिए । माधुरीले सन् १९८४ मा ‘अबोध’बाट बलिउड डेब्यु गरिन् । यद्यपि त्यसको ४ बर्षपछि आएको फिल्म ‘तेजाब’बाट मात्रै उनले नाम कमाईन् । त्यसपछि माधुरीले पछि फर्केर हेर्न परेन । बलिउडका उत्कृस्ट नायिका मध्ये मधुरिको पनि नाम आउने गर्दछ ।