‘शत्रु गते’ पोस्टर पल र आंचल,दिपक र प्रियंका,हरिबंश र दीपाको जोडी


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ‘शत्रु गते’ को पोस्टर सार्बजनिक गरिएको छ केहि समय अघि सार्बजनिक दुइ गीत ‘रुपै मोहनी’ र ‘पिरतीको बर्को’ बाट चर्चामा रहेको यस वर्षको प्रतिक्षीत चलचित्र ‘शत्रु गते’ पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरु देखिएका छन् । हरिवंश आचार्य र दीपाश्री निरौला, दीपकराज गिरी र प्रियंका कार्की तथा पल शाह र आँचल शर्माको जोडी पोस्टरमा देखाइएको छ । एक पोस्टरमा पल र आँचललाई मधेशी बेहुला-बेहुलीको रुपमा प्रस्तुत गराइएको छ । निर्देशक प्रदीप भट्टराईका अनुसार, थिम अनुसार नै चलचित्रको पोष्टर तयार गरिएको हो ।

दोस्रो पोस्टरमा नायिका प्रियंका कार्कीलाई प्रहरी पोशाकमा दीपकराजको गलबन्दी तानेको देखाइएको छ । यस्तै, तेस्रो पोस्टरमा दीपाश्रीलाई अडेस लगाएर हरिवंश रोमान्टिक बनेका छन् । चलचित्रमा मदनकृष्ण श्रेष्ठ, किरण केसी, शिवहरी पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाललगायतको पनि अभिनय रहेको छ । ‘शत्रु गते’ लाई मह सञ्चारको ब्यनारमा निर्माण गरिएको हो भने यसका प्रस्तुतकर्ता किरण केसी रहेका छन् । चलचित्र चैत्र ९ गतेबाट सार्बजनिक प्रदर्शनमा आउनेछ ।