मण्डला पछी पूर्वमा ‘लाटीको छोरो’



काठमाडौंको मण्डला नाटकघरमा सफलतापूूर्वक मञ्चनभइसकेको नाटक ‘लाटीको छोरो’ पूर्वमा देखाइने भएको छ । आउँदोकार्तिक २५ गतेबाट १०दिनसम्म नाटक पूर्वकाविभिन्न स्थानमामञ्चनहुने भएको हो । श्यामशाहको कथा‘लाटीको छोरो’लाई नाट्य रुपान्तरण गरेर तयार पारिएको यो नाटकलाई सुलक्षण भारतीले निर्देशन गरेकाहुन् । उनले यसअघि ‘बोक्सीको घर’ र ‘बिलगेट्स पण्डित’ नाटक निर्देशन गरेर राम्रो प्रशंसा बटुलेकाथिए । त्यस्तै नाटक‘लाटीको छोरो’बाट ४२ वर्षपछि अभिनेता टिका पहारी नेपाली रंगमञ्चमाफर्किएकाहुन् । लामो समयपछि नाटकमा फर्किएर नयाँ पुुस्तासँगकामगर्न पाउँदाआफूलाई तन्नेरी महसुस भएको उनले बताउँदै आइरहेका छन् ।

यस नाटकलाई पूर्वको विर्तामोडमा कार्तिक २५ गतेदेखि २९ गतेसम्ममञ्चनगर्ने तयारी रहेको नाटकको प्रोडक्सन डिजाइनर प्रकाशदाहालले जानकारी दिए । त्यसपछिमंसिर १ र २ शिवसताक्षीनगरपालिकाको दुधेमामञ्चनगर्ने तयारी छ । शिवसताक्षीपछि दमकतिर लाग्ने नाटक युनिटको योजना छ । अन्य स्थानकालागिपनि कुराकानीभइरहेको तर पक्काभइनसकेको बताइएको छ ।

आर्ट स्टुुडियोको प्रस्तुतिमा तयार भएको यस नाटकमा अभिनेत्री केनिपा सिंहले लाटीको भुमिकानिर्वाह गरेकी छिन् । नाटकमा टिका पहारीले गाउँका नेताविषनाथको भुमिकानिभाएका छन् । नाटकमा प्रकाशदाहाल, सन्देश लामिछाने, कुन्दनथारु, रियर राई, पशुुपति राई, राजनकाफ्ले, सुदिप खतिवडा, रोसन सुवेदी, आयन खड्का, मिलनकार्की र मेलिन पराजुलीले अभिनय गरेका छन् । नाटकलाई सफर पोखरेल, जियालामा र अनिषन्यौपानेले निर्माण गरेकाहुन् ।