प्रचार प्रसारको क्रममा ‘नाका’ टिम चितवन पुग्यो


सेलिब्रेटी नेपाल काठमाडौँ

फाल्गुन १७ गतेबाट मोफसल र १८ गतेबाट उपत्यकामा प्रदर्शनमा आउन लागेको चलचित्र नाकाको टोली प्रचार प्रसारको क्रममा चितवन पुगेको छ । प्रदर्शन मिती नजिकैदै गर्दा प्रचारप्रसारको क्रममा टोली चितवन पुगेको हो । चलचित्रका निर्माता प्रविन टक्का कार्की, नायक बिपिन कार्की र नवनायिका ठिन्ले ल्हाम्हु सहितको टोलीले सोमबार भरतपुरमा पत्रकार सम्मेलन आयोजना गरेर चलचित्रको बारेमा जानकारी समेत गराएको हो ।

चितवनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नायक कार्कीले चलचित्रमा आफुले फरक भूमिका निर्वाह गरेको बताए । कार्कीले अहिले सम्म आफुले जे जती चलचित्रमा जे जस्तो भूमिका निर्वाह गरे त्यो भन्दा नाकामा फरक भूमिका रहेको दाबी गरे ।

चलचित्र नाकामा बार्हबिसे वरपरको कथा बस्तु रहेको छ । बार्हबिसे वरपर हुने तस्करीको कथाबस्तुलाई पर्दा उतारियको चलचित्र युनिटले बताई रहेको छ । चलचित्रमा बिपिन कार्की, ठिन्ले ल्हाम्हुका अलावा रविन तामाङ, शिव मुखिया,प्रकाश गन्दर्भ लगायतको मुख्य अभिनय रहेको छ । अमित श्रेष्ठको निर्देशन रहेको चलचित्रमा चिन्तनराज भण्डारीको सिनेमाटोग्राफी रहेको छ ।