हट मोडल मेगना मगर पानि पर्यो असिना झर्यो भन्दै गोदावरी भेटिइन (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

गायक तथा संगीतकार प्रकाश लामाको एकल शब्द रचना तथा संगीत रहेको नयाँ नेपाली डान्स गीतको भिडियो छायांकन गोदावरीमा सम्पन्न भएको छ । गोदावरीको आकर्षण र मनोरम स्थलहरुमा छायांकन गरिएको गीतको भिडियोमा मोडल तथा कोरियोग्राफर मेघना मगर र रिज्यांन श्रेष्ठको कोरियोग्राफीमा आकर्षण प्रस्तुति देख्न सकिने छ भने साथमा नेपाली डान्स ग्रुप डबल युडी प्रस्तुति रहेको छ । पानि पर्यो , असिना झर्यो बोलको गीतमा गीतकार तथा संगीतकार प्रकाश लामाको साथमा गायिका लाक्पा लामा शेर्पाको स्वर रहेको छ भने यस गीतलाई बोबी घंतानीले एरेन्ज गरेका छन ।

छिट्टैनै भिडियो सार्बजनिक गायक प्रकाश र गायिका लाक्पाले आगामी गीतहरु भन्दा यो गीतमा अझ धेरै आशा लिएका छौ र दर्शकहरुले यस गीतलाई निकै साथ दिने पनि आश ब्यक्त गरेका छन । छायांकन सम्पन्न यस गीतलाई निर्देशक तथा गायक सशान कंडेलले निर्देशन गरेका हुन् भने गीतको भिडियोलाई ओम प्रसाईले खिचेका छन ।