मेलिना राईको स्वरमा तल्लाघरे साईला सार्वजनिक


सेलिब्रेटी नेपाल काठमाडौँ

गायीका मेलिना राई को स्वरमा सजिएको “तल्लाघरे साईला” बोलको गीतको भिडियो सार्वजनिक भएको छ। “तल्लाघरे साईला” संचार कर्मी दीपेन्द्र घिमिरे को शब्दमा एस.डी योगी को उत्कृष्ट संगीत रहेको यस गीत को भिडियो लाई शान थापाले निर्देशन गरेका हुन। अर्जुन तिवारी को छायाङ्कन रहेको भिडियोमा राजिव समर को कोरियोग्राफी रहेको छ भने सम्पादन सुप्रिम पराजुलीले गरेका हुन। भिडियोमा नायक गौरब पहारी सँगै बेबो आचार्य को अभिनय रहेको छ ।

दमदार, हिरो रिटर्न्स जस्ता चलचित्र निर्माण गरेका निर्माता चन्द्र गौतम ले भिडियो निर्माण गरेका हुन। भिडियोका नायक गौरव पहारीले साईला पछी आएको आफ्नो यस भिडियोले साईला जस्तै छाप छोड्ने विश्वाश ब्यक्त गरे भने यस भिडियो बाट डेब्यु गरेकी बेबो आचार्यले यस भिडियोबाट आफ्नो करीयर निकै माथि उकासिनेमा आफु बिस्वस्त रहेको बताईन् ।