(सेलिब्रेटी नेपाल) १ चैत्र काभ्रे फिल्म्सको ब्यानरमा निर्माण भयको चलचित्र बाउन्सरको हाल सम्पादन कार्य भई रहेको छ । चलचित्र लाई मदन घिमिरेले निर्देशन गरेका हुन । चलचित्रमा प्रशान्त गिरि र सुष्मा कार्कीको जोडी देख्न सकिनेछ । चलचित्रमा संगीत अर्जुन पोख्रेल,द्वन्द हिमाल के सी ,क्यामेरा कृष्ण श्रेष्ठको रहेको छ । चलचित्रको सम्पादन बिपिन मल्लले गरि रहेका छन ।रेस्टुरेन्टको सुरक्षा गार्डको वरिपरी चलचित्रको कथा केन्द्रित रहेको छ । चलचित्र आउँदो जेठमा प्रदर्शन गर्ने लक्ष्य निर्माण पक्षको रहेको छ।
सम्बधित पोस्टहरु
जितु र नीति ‘ज्वाइँ साब’ को वर्कशपमा व्यस्त
काठमाडौँ। चलचित्र ‘ज्वाइँ साब ’को वर्कशप धमाधम चलिरहेको छ । केही दिनदेखि काठमाडौंमा चलचित्रको धमाधम वर्कशप भइरहेको निर्देशक बसन्त निरौलाले जानकारी दिए । राज कुमार पण्डितको प्रस्तुतिमा तयार हुन लागेको यो चलचित्रको छायांकन वैशाखको...
‘आँखा’ फर्स्टलुक सार्वजनिक, असार १४ बाट प्रदर्शनमा आउने
काठमाडौं । सामाजिक विषयवस्तुमा निर्माण भएको फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण ब्यानर लामा सिनेमा प्रालीले शुक्रबार फिल्मको फर्स्टलुकसँगै थीम पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति पनि तोकेको छ...
४४ दिनमा ऋषिराजको ‘द्रौपदी’ को छायाँकन सकियो
काठमाडौँ। ऋषिराज आचार्यले निर्देशन गरेको चलचित्र ‘द्रौपदी’ को सुटिङ ४४ दिनमा समापन भएको छ । फागुन अन्तिममा डोल्पाको दुनइ,कालिका मन्दिरमा शुभमुर्हत गरि सुटिङ थालिएको फिल्मको शुक्रबार शे फोक्सुण्डो तालमा ‘इन्ड क्ल्याप’ गरिएको...
५१ औँ दिनको यात्रामा ‘महाजात्रा’
काठमाडौं। ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। अर्थात् फिल्म ५१ औँ दिनको यात्रामा अगाडि बढिरहेको छ। प्रदर्शनको पाचौँ साता पार गर्दा पनि...
‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत
काठमाडौं । सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’मा गायक तथा कलाकार प्रकाश सपुत अनुबन्धित भएका छन् । जेठको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमाको निर्माण पक्षले सपुतसँग केही दिन अघि कागजी सम्झौता गरेको हो । उनको भूमिकाको...
धिरज र उपासनाको ‘खुस्मा’ असोज ३ मा आउने
काठमाडौँ। अभिनेता धिरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीको मुख्य भुमिका रहेको सिनेमा ‘खुस्मा’को दोस्रो चरणको छायांकन सुरु भएको छ । गत माघमा मनाङमा पहिलो चरण छायांकन गरेको सिनेमाको दोस्रो चरणको छायांकन पूर्वी रुकुमको मैकोटबाट सुरु...