ग्याङस्टार ब्लुजमा आना र आशिरमानको अजम्बरी माया (भिडियो)


सेलिब्रेटी नेपाल काठमाडौँ

चलचित्र ग्याङस्टार ब्लुजको पहिलो गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक पहिलो गीतमा चलचित्रका मुख्य दुई पात्र आशिरमान जोशी र आना शर्माको बढ्दो प्रेमलाई देखाइएको छ । ट्रेलरबाट चर्चामा आएको यो जोडी गीतमा झनै रोमान्टिक देखिएका छन्।

सार्वजनिक ‘अजम्बरी पिरती’ बोलको गीतमा शब्द सविन एकतारे , संगीत काली प्रसाद बास्कोटाको रहेको छ भने स्वर काली र मेलिना राईको रहेको छ । चलचित्रलाई सरोज न्यौपानेले निर्माण गरेका हुन् भने हेमराज विसीले निर्देशन गरेको ग्याङस्टारको कथा बोल्ने यस चलचित्रमा आशिरमान जोशी, आना शर्मा, संयम पुरी, रोजिशा शाही, अनुपम शाह, प्रमोद अग्रहरी लगायतको अभिनय रहेको छ ।