माघ २३ मा ‘इस्केप’


(सेलिब्रेटि नेपाल) काठमाडौँ
म्युजिक भिडियोबाट राम्रो प्रतिकिया र दर्शकको मन छुदै गएकी तर चलचित्र नगरीमा खासै जम्न नसकेकी मोडल तथा अभिनेत्री रिमा विश्वकर्माले अभिनय गरेको नयाँ चलचित्र ‘इस्केप’, आगामी माघ २३ गते देशभर प्रदर्शनमा आउने भएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र इस्केपको रिलिज मिति र ट्रेलर सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री विश्वकर्माले सामाजिक जनचेतनाको आवाज बोकेको र ड्रग्स तथा दुर्व्यसनको शिकार बनेका युवालाई त्यसबाट बाहिर निकाल्न प्रयास गर्ने एक युवतीको भुमिका आफुले अभिनय गरेका कारण चलचित्रलाई दर्शकले अत्याधिक मन पराउनेमा रिमाले विश्वास व्यक्त गरिन् ।
Escape-nepali-film
फिल्ममा रीमालाई प्रदिप खड्का, कमल श्रेष्ठ ,रश्मी भट्ट, मुक्ता आचार्य, प्रकाश श्रेष्ठ, सन्तोष कार्की, निश्चल खरेल, निश्चल लामा लगायतका कलाकारहरुले साथ दिएका छन् । प्रदिप कार्कीको कथा, अमित श्रेष्ठको संगीत, चन्द्रमान ढंगोलको छायांकन रहेको यो चलचित्रमा सस्पेन्स तथा सामाजिक बिषय कथा भएको बताइएको छ । अनन्त घिमिरेको निर्देशनमा तयार भएको चलचित्र ‘इस्केप’ का कार्यकारी निर्माता अमित ढुंगाना हुन् भने चलचित्रमा कमल श्रेष्ठको पनि लागनी रहेको छ ।