बलिउड अभिनेत्री श्रीदेवीको निधन


सेलिब्रेटी नेपाल एजेन्सीको सहयोगमा

बलिउडकी चर्चित अभिनेत्री श्रीदेवीको निधन भएको छ । भान्जाको विवाह समारोहका लागि दुवईमा पुगेका बेला हृदयघात भएर उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । अगस्ट १३ सन् १९६३ तामिलनाडुमा जन्मिएकी श्रीदेवीले तमिल चलचित्र कंधन करुणईमा आफ्नो फिल्मी यात्रा सुरु गरेकी थिइन । सन् १९७५ को ‘जुले’ फिल्मबाट बलिउडमा प्रवेश गरेकी उनले नगिना, हिम्मतवाला, मिष्टर इण्डिया, चालबाज लगायत ३ सय भन्दा धेरै फिल्ममा अभिनय गरेकी छन् । १९ ९६ मा चर्चित फिल्ममेकर बोनी कपुर सँग विवाह गरेकी उनको दुई सन्तान रहेका छन् ।