अमेरिका ब्वाईजको दुई करोड सकियो


सेलिब्रेटी नेपाल काठमाडौँ

सार्वजनिक प्रदर्शनबाट करोड कमाउन मुस्किल भइरहेको वर्तमान समयमा चलचित्रको लगानी दुई करोडसम्म हुन थालेका छन् । यस्तै २ करोड खर्च गरेर चलचित्र ‘अमेरिका ब्वाईज’ले छायाँकन सकाएको छ । झापा र काठमाडौंमा छायाँकन गरिएको चलचित्र ६० दिन लगाएर सुट गरिएको हो । कार्यकारी निर्माता प्रकाश भूजेलले कथावस्तु अनुरुप निर्माण गर्दा लागत खर्च बढी लागेको बताए ।

बड्डी इन्टरटेन्मेन्ट र सीबर्ड पिक्चर्सको प्रस्तुतिमा प्रवेश पौडेलले निर्देशन गरेको चलचित्रले वैदेशिक रोजगारीको विषयलाई उठान खोजेको छ । जेठ ४बाट प्रदर्शनमा आउने बताइएको चलचित्रमा अर्पण थापा, श्रृष्टि कार्की, सन्दीप क्षेत्री, कामेश्वर चौरासिया, सुनिल थापा, हरिहर शर्मा, अभय बराल, मनिष राउत, रुबि राना, सुवास गजुरेल लगायतका कलाकारले अभिनय रहेको छ । विवेक पाण्डेको कथा,आलोक शुक्लाको छायाँकन तथा दीपक आर.जे र जयान जे. वाइवाको संगीत रहेको चलचित्र कमेडी जनरामा रहेको बताइएको छ ।