कलाकारहरुले विज्ञापन एजेन्सि कर्मी संग ४ गोल खाए(फोटो फिचर)


(सेलिब्रेटी नेपाल) ४ ज्येस्ठ-नेपाल चलचित्र कलाकार संघ र विज्ञापन एजेन्सि संघ (आन) को संयुक्त आयोजनामा काठमाण्डौको दशरथ रंगशालामा भएको मैत्रिपुर्ण खेलमा विज्ञापन एजेन्सि संघ (आन) कलाकारहरुलाई २ का विरुद्ध ४ गोलले पराजित गरेको छ । दशरथ रंगशालामा भएको मैत्रिपुर्ण खेलमा दुबै तर्फबाट गोल गर्ने प्रयास भएको थियो । तर आनका खेलाडीको अघि कलाकारहरु कमजोर देखिए । १५ हजार दर्शकको अपेक्षा गरिएतापनि खराव मौसम र कम प्रचारका कारण दर्शकहरुको उपस्थिति पातलो रहेको थियो ।
bhakundo-3

 

 
बागमती सरसफाईको उद्देश्य लिएर नेपाल चलचित्र कलाकार संघ र विज्ञापन संघले संयुक्त रूपमा आयोजना गरेको भकुण्डो भिडन्तमा प्रतिष्पर्धीसँग भिड्न खेलाडी जति व्यस्त थिए, फूटबल हेर्न आएका दर्शक पनि आफ्ना मनपर्ने कलाकारसँग फोटोसेसन गराउन व्यस्त भईरहे ।

bhakundo-1
bhakundo-2
Garima-football