दुई गीतमार्फत आए गायक युगेश लिम्बु


सेलिब्रेटी नेपाल

काठमाडौँ:गायक युगेश लिम्बु आफ्नो दुई नयाँ गीतका म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । अमेरिकाको न्यूयोर्कमा बसेर सांगीतिक कर्ममा रमाइरहेका यी गायकले आफ्नै शब्द, संगीत तथा स्वरको ‘गल्ति…’ तथा ‘भुलाइ दियौ…’ शीर्षकका दुई गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

गायक लिम्बुले आफ्नै निर्देशनमा तयार पारेको ‘गल्ति…’ को म्युजिक भिडियोमा रेखा लिम्बुसंगै आफैंले अभिनय गरेका छन् । सञ्जिप राईले उक्त गीतको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन गरेका हुन् । उक्त गीतमा धुम्रपानले सम्बन्धलाई कसरी बिगार्न सक्छ भन्ने सन्देश दिन खोजेको छ । म्युजिक भिडियोमा पनि धुम्रपानको लतकै कारण सम्बन्ध बिग्रिएको यथार्थतालाई चित्रण गरिएको छ ।

केही समयअघि सार्वजनिक भएको ‘भुलाइ दियौ…’ गीतको म्युजिक भिडियोलाई भने गोविन्द राईले निर्देश्ँन गरेका हुन् । यो गीतमा पनि गायक लिम्बुकै स्वर, शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतको भिडियोमा गायक लिम्बुसंगै कृष्टिना खड्का तथा प्रज्वल सिंह श्रेष्ठले अभिनय गरेका छन् । सन्जिप राईले उक्त भिडियो छायांकन तथा सम्पादन गरेका हुन् ।

अमेरिकामा रहेर नेपाली सांगीतिक गतिविधिहरु सञ्चालन गरिरहेका गायक यूगेश लिम्बु यतिबेला सांगीतिक यात्राकै क्रममा नेपाल आएका छन् । उनी प्रत्येक वर्ष सांगीतिक कार्यक्रमका लागि स्वदेश आउने गर्दछन् । यसपटक आएको बेला उनले ‘गल्ति…’ गीतको म्युजिक भिडियो तयार पारेका हुन् ।

यसपटकको भ्रमणमा दमक, इटहरी, बिराटचोक, धरान, काठमाडौं, बुटबल, चितवन, पोखरा, धनगढी जस्ता शहरमा पुगेर लाइभ कन्सर्ट दिएका छन् । अर्को शुक्रवार अर्थात जेठ ३१ जुन १४ गते उनी नवलपरासीको लेटिनो रेष्ट्रो एण्ड बारमा प्रस्तुत हुादैछन् भने जेठ ३२ जुन १५ गते शनिवार बुटबलको बिटपोर्ट लाउञ्ज एण्ड क्लबमा कन्सर्ट दिदैछन् ।

त्यसपछि हेटौंडा, पोखरा तथा काठमाडौंमा पनि उनले लाइभ ब्याण्डसहित कन्सर्ट दिने तयारी गरेको बताएका छन् । नेपाल र अमेरिका बाहेक उनले दुबई, आबुधावी तथा जापानको टोकियोमा समेत लाइभ कन्सर्ट दिइसकेका छन् ।