योगेन्द्र र राधाको ‘चट्ट रुमाल’सार्बजनिक


सेलिब्रेटी नेपाल

काठमाडौँ: योगेन्द्र खनाल र जुनु गौतमको स्वरमा रहेको नयाँ गीत भिडियो सार्बजनिक गरिएको छ । ‘चट्ट रुमाल’बोलको गीतमा शब्द राधा सुबेदीको रहेको छ भने संगीत योगेन्द्र खनाल र राधा सुबेदीको रहेको छ । लोक लयमा आधारित गीतको भिडियोलाइ कृष्ण पौडेलले निर्देशन गरेका छन् । सन्तोष नेपालीले कोरियोग्राफी गरेको भिडियोलाइ युबराज खत्रीले छायाँकन गरेका हुन् भने सम्पादन सीताराम भट्टराइले गरेका छन् । भिडियोमा युनिक आजम, आयुष्मा कार्की, सुजन र यमुना फिचर्ड छन् ।