विल्शनको निर्देशन र अभिनयमा साकेला गीत सार्बजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ:तारा नुमिहाङ्ग् बान्तावा राईको ‘सोल्टिनी बिनाको साकेला’ गीत सार्बजनिक गरिएको छ। गायिका राईलाई राजेशपायल राईले साथ दिएका छन्। भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा राईलाई देख्न सकिनेछ।

स्वर्गीय अर्जुन खालिङ्ग राईको शब्द तथा आशुतोष राईको संगीत,शोक लोहोरुङ राईको संगीतसंयोजन रहेको गीतको भिडीयोमा हराउदै गएको साकेला नृत्यलाई देखाउन खोजिएको छ। भिडियोलाई कलाकार विल्शन बिक्रम राइले निर्देशन गरेका हुन् । उनले गायक राजेशपायाल राईलाइ पनि नचाएका छन्। साथै भिडियोमा बिक्रम धिमाल,सुजन राई,पुजन राई लगायातले फिचर्ड गरेका छन् । भिडियोमा राजिव कुमारको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ भने बिक्रम डिसीले छायाङ्कन गरेका छन्।