बेलायतबाट ज्योतिले ल्याईन ‘यो कस्तो माया ?’ (भिडियो)


काठमाडौँ। पछील्लो समय प्रवासमा रहेर पनि नेपाली गीत संगीतमा सक्रियता देखाउने सर्जकहरु बढ्न थालेका छन् । यसैबीच लामो समयदेखी बेलायतमा बस्दै आएकी सर्जक ज्योती गुरुङले मन, माया र समर्पणको भावना बोकेको ‘यो कस्तो माया…’ ? बोलको गीत तयार पारेकी छिन ।

माया, साथ र जीबन भोगाईका परिबेशहरू समेटिएको यो गीतको भिडियोलाई निर्देशन तथा सम्पादन कुशल श्रेष्ठले गरेका छन् । भिडियोमा ध्रुव दत्त,निरू कोइराला,आस्था जोशी र स्वास्तु जोशीकोअभिनय रहेको छ। गीतमा ज्योति गुरुङको शब्द तथा अर्जुन सुनामको संगीत रहेको छ। सार्वजनिक गीतमा मेलिना राईको स्वर रहेको छ ।