उदेशको नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक (भिडियो)



काठमान्डौ। गायक उदेश श्रेष्ठले नयाँ गीत ‘मलाइ तिमी मन पर्यो’ सार्वजनिक गरेका छन् । राजधानी काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको गीतमा स्वयम् गायक श्रेष्ठ नै फिचर्ड छन् । सार्वजनिक गीतमा उदेशकै स्वर र संगीत रहेको छ भने शब्दमा अर्जुन पासवानले सघाएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा वरिष्ठ गायक प्रेमध्वज प्रधानको उपस्थिति रहेको थियो । कार्यक्रममा विशिष्ट अतिथिको रुपमा काठमाण्डू महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली उपस्थित थिए । यस्तै कार्यक्रममा संगीतकार तथा गायक जेम्स प्रधान , राहुल प्रधान , शिव परियार लगायतको उपस्थिति रहेको थियो ।

उदेश्य गीतिसंग्रहमा संग्रहित पहिलो गीतको भिडियो सार्वजनिक कार्यक्रममा उपस्थित गायक प्रधानले उदेशलाई संगीतमा निरन्तरता दिन आग्रह गरे । ‘उदेशले आफैले गाउनुका साथै संगीत गर्न सक्छन र लेख्ने क्षमता पनि रहेछ । अब उनले संगीतमा आफुलाई निरन्तर लगाउनु पर्छ । उनलाई श्रोताले रुचाइसकेका छन् , त्यसैले निरन्तर गीतसंगीत मार्फत साक्षात्कार गर्नु पर्छ’ प्रेमध्वजले भने ।यस्तै कार्यक्रममा उदेशले गायक प्रेमध्वजको सफल गीतहरु गाए । उनले लाइभ ब्याण्डसंग तारा मात्र होइन तिमीलाई , घुम्तीमा न आउ है , तारा मात्र होइन तिमीलाई गीत गाएका थिए । उनले प्रेमध्वजकै अगाडी गीत गाउनु पाउदा आफुलाई भाग्यमानी रहेको बताए । यता गीत सुनिसकेपछि प्रेमध्वजले पनि मुक्तकण्ठले प्रसंसा गरे ।

यो जुनीमा तिम्रो हुन् सकिन , किन मायामा यति धेरै चोट हुन्छ , तिम्रो लागि आज म धेरै लगायतका गीतसंगीत मार्फत दर्शकको मनमा आफ्नो स्थान बनाएका उदेशले यसै गीत मार्फत मोडलिङ सुरु गरेका हुन् । गीतमा उनलाई ,माङ्गसा लिम्बु , सञ्जल भण्डारी र प्रिया लिम्बुले साथ् दिएकी छिन् । गीतमा छेवाङ्ग लामाको निर्देशन रहेको छ । गीत सार्वजनिक कार्यक्रममा उपस्थित राजेश्वर ज्ञवालीले पनि उदेशको प्रसंसा गरे ।

‘हामी नेपाली कला र संस्कृतिको उत्थानका निमित सदैव तयार छौ’ ज्ञवालीले भने । नेपाली गीतसंगीत र साहित्यसंग नजिक रहेका ज्ञवालीले गीतसंगीत मार्फत महानगरले पुर्याउन सक्ने टेवाका निमित सदैव तयार रहेको प्रतिक्रिया पनि दिए । भिडियो सार्वजनिक कार्यक्रममा उदेशको परिवारको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित प्रमुख अतिथि प्रेमध्वज , विशिष्ट अतिथि राजेश्वर , जेम्स , राहुल लगायतलाई मायाको चिनोको रुपमा नेपाली टोपीसंगै सारंगी प्रदान गरिएको थियो । गीत सार्वजनिक कार्यक्रममा आफुले पाएको प्रतिक्रियाले उदेश उत्साहित थिए । उनले अब आफ्ना गीतसंगीत मार्फत निरन्तर रुपमा दर्शक तथा श्रोतासंग साक्षात्कार गर्ने बताए ।

‘मैले पाएको मायालाई म घट्न दिने छैन । आफ्नो गीतसंगीत मार्फत अब निरन्तर रुपमा दर्शक तथा श्रोतासंग जोडिने छु’ उनले भने । आफु ट्रेजेडी गीतहरु मार्फत चिनिएको स्वीकार्दै आउँदा दिनमा रोमान्टिक शैलीको गीत मार्फत पनि चिनिने विश्वास व्यक्त गरे । उनले तिमी मन पर्यो रोमान्टिक शैलीको सरल गीत रहेको बताए । ‘यो प्रेम गर्ने जोडीको भावना हो । सरल तरिकाको गीत लिएर आएका छौं’ उदेशले भने ।