मौलिक तिहार गीत ‘मखमली’ सार्वजनिक



काठमाण्डौं । नेपाली मौलिक कला र संस्कृति झल्किने मौलिक सभ्यतामा आधारित गीत संगीतहरुको आफनो छुटटै विशेषता रहेको छ । नेपालीहरुको दोश्रो महान पर्व तिहारको अवसरमा गायक सन्तोष प्रगाढ र गायिका फुलमाया तामाङको स्वरमा रहेको ’मखमली’ गीतको भिडियो विएमवि क्रियसनको आधिकारिक युटुव मार्फत सार्वजनिक गरिएको छ ।

आपसमा दिदि बहिनी र दाजु भाई विचमा एकता पर्वको रुपमा र हर्षोउल्लासका साथ मनाइने दिपावली पर्वको महत्व र विशेषतालाई गीतमा समेटिएको छ । दिनेश सुवेदीको शब्द तथा सन्तोष प्रगाढको संगीत एवम एरेन्ज गीतमा छ ।

विजय जिरेलको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा देव धिमालको निर्देशन भिडियोमा रहेको छ । ’मखमली’गीतको भिडियोमा सोनिया रंजित , विजय राज भुर्तेल , विकाश शर्मा , एलिसा घिमिरे र रिया श्रेष्ठको अभिनय तथा नृत्य देख्न सकिन्छ ।