तिहार गीत ‘मखमली’ सार्वजनिक (भिडियो)


सेलिब्रेटी नेपाल

काठमाडौँ: नेपालीहरुको महान चाड दिपावलीको अवसर पारेर तिहार गीत ‘मखमली’ सार्वजनिक गरिएको छ । प्रभावन जेको शब्द, संगीत रहेको गीतमा स्वर उनको साथमा सरोज लामिछाने र सपना गुरुङले दिएका छन् ।

गीतको म्युजिक भिडियोमा कलाकार रमा थपलिया, सरिता लामिछाने, रामशरण जंगम, सरोज दाहाल र विवेक चौलागाईको अभिनय छ । प्रभावन जे स्वयंको निर्देशन रहेको भिडियोमा छायाँकन ज्ञानेन्द्र शर्मा र सम्पादन अमृत चापागाईको रहेको छ । भिडियो डिएआर मुभिजको अफिसियल युटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।