मौलिक तीज गीतमा रेखा थापा र बिक्रमको ठुम्का (भिडियो)



सेलिब्रेटी नेपाल। यज्ञ सापकोटा र पम्फा कँडेलको स्वरमा रहेको तीज गीत भिडियो सार्वजनिक गरिएको छ। ‘काँकरीको झाल’बोलको गीतमा शब्द तथा संगीत यज्ञ सापकोटाको रहेको छ। यस बर्ष तीज गीतको नाममा थुप्रै उछ्रिङ्खल र छाडा शब्द समेटिएका गीतहरु आई रहेको समयमा यस मौलिक गीतले तीजमा प्राथमिकता पाउने बिस्वाश गर्न सकिन्छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई प्रकाश खड्काले छायांकन र मिलन बिस्वकर्माले सम्पादन गरेका छन्। भिडियोमा बिक्रम चौहान र रेखा थापा फिचर्ड छन् सार्वजनिक भिडियो टुएसार नेपालको अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो।