गीतकार तारा अधिकारीको छड्के नजर सार्वजनिक


सेलिब्रेटी नेपाल

काठमाडौं: गीतकार तारा अधिकारीको शब्दमा रहेको गीत छड्के नजरको लिरिकल भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा दीपक शर्माको संगीत र विश्व नेपालीको स्वर छ । उदय राज पौडेलको संगीत संयोजन रहेको गीत आर बी र फिल रेकर्डिङ स्टुडियोमा कुमार केसी र अशोक महर्जनले रेकर्डिङ, मिक्सिङ गरेका हुन् । लिरिकल भिडियोलाई नहकुल खड्काले तयार पारेका हुन् ।

एल्बम सुनौलो तारामा रहेका गीतहरु लकडाउनका कारण भिडियो छाँयांकन गर्न नपाएपछि लिरिकल भिडियो सार्वजनिक गरिएको गीतकार तारा अधिकारीले बताईन् । सार्वजनिक गीत सुनौलो तारा युट्युब च्यानलमा अपलोड गरिएको छ ।